भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रतिनिधिसभा सांसद ज्ञानकुमारीको निधन

प्रतिनिधिसभा सांसद ज्ञानकुमारीको निधन

१७ असार २०७७ काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम् प्रतिनिधिसभा सदस्य ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । उपचारका क्रममा शहिद गंगालाल ह्रदययरोग केन्द्रमा निधन भएको नेपाली कांग्रेसले जनाएको छ ।

मुटुको ३ वटा भल्ब ब्लक भएपछि शल्यक्रिया गरिएको सचेतक पुष्पा भुषालले जानकारी दिइन् । आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने जनाइएको छ । २०७० सालको संविधान सभा निर्वाचनमा बागलुङबाट प्रत्यक्ष निर्वाचित भएकी छन्त्यालका त्यसपछिको निर्वाचनमा कांग्रेसले समानुपातिकबाट प्रतिनिधिसभा सांसद बनाएको थियो ।

छन्त्यालका श्रीमान, दुई छोरा र दुई छोरी छन् । उनको निधनप्रति दुख ब्यक्त गर्दै कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक र संसदीय दलको बैठक स्थगित गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.