भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ताको पहिचानका लागि आफन्तको डीएनए परीक्षण जारी | जलवायु सङ्कटको असर : प्रशान्तका टापु राष्ट्रमा खाद्य र खानेपानी अभावको जोखिम बढ्दै | व्यावसायिक ग्यास उद्योगमै पुगेर ल्याउनुपर्ने निर्णयको होटल व्यवसायीले गरे विरोध | चिनियाँ सरकारका लागि गैरकानुनी रूपमा काम गरेको आरोपमा अमेरिकी पत्रकारलाई २ वर्ष जेल | कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र, रुख कटान सकिएलगत्तै सडक खुलाउने तयारी | रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन | हिमाली क्षेत्रमा बढ्दो हिम–चट्टान पहिरोको जोखिम, परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने विज्ञको चेतावनी | भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ |

प्रधानमन्त्री देउवाको पिसीआर परीक्षण गरिँदै

प्रधानमन्त्री देउवाको पिसीआर परीक्षण गरिँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आज पिसीआर परीक्षण गरिँदैे छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष ‘प्रचण्ड’लाई कोरोना संक्रमण भएपछि उनीसँग भेटघाट गरेका प्रधानमन्त्री देउवाको कन्ट्याक्ट ट्रेसिङ अन्तर्गत आइतबार पिसीआर परीक्षण गरिन लागेको हो ।

शुक्रबार बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा माओवादी अध्यक्ष दाहाल र प्रधानमन्त्री देउवाबीच भेटघाट भएको थियो । प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री देउवा शनिबारबाट नै होम आइसोलेसनमा बसेका छन् ।

प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटस्थित निवासमै पुगेर भेटवार्ता गरेका थिए । यसैगरी, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पनि पिसीआर परीक्षण गर्न लागिएको छ ।

 


Thali Mobile Pvt.Ltd.