भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार राजेश्वर नेपालीको निधन

प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार राजेश्वर नेपालीको निधन

काठमाडौं । प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको निधन भएको छ । नेपालीको निधनले यस क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै विभिन्न संघसंगठनले स्मरण गर्दै शोक व्यक्त गरेका छन् ।

नेपालीको सोमबार बेलुका ८ः१० बजे जनकपुरधामस्थित म्याक्स अस्पतालमा ७८ वर्षको उमेरमा निधन भएको उनका छोरा राघवेन्द्रप्रसाद साहले जनाएका छन् । राससका कार्यकारी अध्यक्ष एवं वरिष्ठ पत्रकार धर्मेन्द्र झाले स्वर्गीय नेपाली पत्रकारिता र साहित्य क्षेत्रका एक सुविख्यात परिचित व्यक्तित्व भएको बताए ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेत रहेका राससका कार्यकारी अध्यक्ष झाले भने, ‘आजको दिनमा नेपालीजीलाई कुनै थप परिचय आवश्यक छैन, खासमा नाम नै उहाँको परिचय हो, सादा जीवन उच्च विचारका अनुयायी नेपालीजीको पत्रकारिता र साहित्य क्षेत्रमा अनेक योगदान छन्, उहाँ यस क्षेत्रको शिखर पुरुष नै हुनुहुन्थ्यो, उहाँको निधनले पत्रकारिता एवं साहित्य क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।’

 


Thali Mobile Pvt.Ltd.