भर्खरै : Sorry, your browser does not support inline SVG.

फागुन १ गतेदेखि सर्वोच्च अदालत नियमित सञ्चालन हुने

फागुन १ गतेदेखि सर्वोच्च अदालत नियमित सञ्चालन हुने

काठमाण्डौ । फागुन १ गतेदेखि सर्वोच्च अदालत नियमित सञ्चालन हुने भएको छ । बिहीवार बसेको पूर्ण बैठक (फुल कोर्ट) ले फागुन १ गतेदेखि सबै प्रकारका सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।

कोरोना महामारीको प्रभापले बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित, अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्त्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र नियमित रूपमा सुनुवाइ भएको थियो । माघ ४ गते बसेको पूर्ण बैठकले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि माघ ५ गतेदेखि आफ्नो सेवा कटौती गर्ने निर्णय गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.