भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राष्ट्रिय सहमतिमा मात्रै एमसीसी अघि बढाउन देउवालाई कांग्रेस नेताहरुको सुझाव

राष्ट्रिय सहमतिमा मात्रै एमसीसी अघि बढाउन देउवालाई कांग्रेस नेताहरुको सुझाव

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्बाट अनुमोदन गर्न राष्ट्रिय सहमति गर्नै पर्ने नेपाली कांग्रेसका नेताहरूले सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

कार्यसम्पादन समिति बैठकमा नेताहरूले एमसीसी पास गर्नुको विकल्प नभए र यसका लागि राष्ट्रिय सहमति आवश्यक भएको देउवालाई सुझाव दिएका हुन् ।

महाधिवेशनपछि पहिलो कार्यसम्पादन समिति बैठकमा एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्नेबारे नेताहरू एकमत देखिएका हुन् । स्थानीय चुनावको तयारी, भ्रातृ तथा शुभेच्छुक संस्थालगायत एजेन्डालाई पनि बैठकमा उठाएर नेताहरु एमसीसीमा केन्द्रित भएका हुन ।

सार्वभौम संसद्मा संसदीय प्रक्रियामार्फत निकास दिनुपर्ने नेता प्रकाशमान सिंहको भनाइ छ । परिस्थिति गम्भीर हुन सक्ने संकेत गर्दै सिंहले एमसीसी पास गर्नुभन्दा पहिले सहमति गरेर संसद्मा पेस गर्नु पर्ने र त्यसमाथिका भ्रम निवारण गर्नुपर्ने बताए ।

बैठकमा नेताहरू शेखर कोइराला, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, सुजाता कोइराला र जीवनबहादुर शाहीले पनि एमसीसीमा राष्ट्रिय सहमतिको खाँचो रहेको धारणा राखे ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठक म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाबारे कुनै निर्णय नगरी सकिएको छ । बैठकले बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

 


Thali Mobile Pvt.Ltd.