भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

राष्ट्रिय सहमतिमा मात्रै एमसीसी अघि बढाउन देउवालाई कांग्रेस नेताहरुको सुझाव

राष्ट्रिय सहमतिमा मात्रै एमसीसी अघि बढाउन देउवालाई कांग्रेस नेताहरुको सुझाव

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्बाट अनुमोदन गर्न राष्ट्रिय सहमति गर्नै पर्ने नेपाली कांग्रेसका नेताहरूले सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

कार्यसम्पादन समिति बैठकमा नेताहरूले एमसीसी पास गर्नुको विकल्प नभए र यसका लागि राष्ट्रिय सहमति आवश्यक भएको देउवालाई सुझाव दिएका हुन् ।

महाधिवेशनपछि पहिलो कार्यसम्पादन समिति बैठकमा एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्नेबारे नेताहरू एकमत देखिएका हुन् । स्थानीय चुनावको तयारी, भ्रातृ तथा शुभेच्छुक संस्थालगायत एजेन्डालाई पनि बैठकमा उठाएर नेताहरु एमसीसीमा केन्द्रित भएका हुन ।

सार्वभौम संसद्मा संसदीय प्रक्रियामार्फत निकास दिनुपर्ने नेता प्रकाशमान सिंहको भनाइ छ । परिस्थिति गम्भीर हुन सक्ने संकेत गर्दै सिंहले एमसीसी पास गर्नुभन्दा पहिले सहमति गरेर संसद्मा पेस गर्नु पर्ने र त्यसमाथिका भ्रम निवारण गर्नुपर्ने बताए ।

बैठकमा नेताहरू शेखर कोइराला, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, सुजाता कोइराला र जीवनबहादुर शाहीले पनि एमसीसीमा राष्ट्रिय सहमतिको खाँचो रहेको धारणा राखे ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठक म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाबारे कुनै निर्णय नगरी सकिएको छ । बैठकले बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

 


Thali Mobile Pvt.Ltd.