भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

फिनल्याण्डमा दक्षिणपन्थी र मध्य दक्षिणपन्थीहरुको सरकार बन्ने निश्चित

फिनल्याण्डमा दक्षिणपन्थी र मध्य दक्षिणपन्थीहरुको सरकार बन्ने निश्चित

एजेन्सी । फिनल्याण्डमा कुनै पनि एकल पार्टीले बहुमत प्राप्त गर्न असफल भएका छन् । आम निर्वाचनबाट दक्षिणपन्थी पार्टीहरुलाई बहुमत प्राप्त भएको हो । त्यहा दक्षिणपन्थी र मध्य दक्षिणपन्थीहरुको सरकार बन्ने निश्चित भएको सञ्चार माध्यमले जनाएका छन् ।

मध्य दक्षिणपन्थी पार्टी नेशनल कोअलिसन पार्टीले सबै भन्दा बढी २० दशमलव ८ प्रतिशत मत प्राप्त गरेको छ । अति दक्षिणपन्थी द फिन्सले २० प्रतिशत मत प्राप्त गरेको छ । युरोपेली देशहरुमा नै कान्छो उमेरकी ३७ वर्षीय प्रधानमन्त्री मरिनले पराजय स्वीकार गरेकी छन् ।

प्रधानमन्त्री सान्ता मरिनको सोसल डेमोक्रेट्स पार्टीले १९ दशमलव ९ प्रतिशत मत प्राप्त गर्दै तेस्रो स्थानमा झरेको छ । २ सय सिटका लागि भएको निर्वाचनमा कुनै पनि दल बहुमत प्राप्त गर्न असफल भएका छन् । नेशनल कोअलिसन पार्टीका नेता पिटिरो ओर्पोले आफ्नो दललाई सबै भन्दा ठूलो जनादेश प्राप्त भएको भन्दै आफ्नै नेतृत्वमा सरकार बनाउन संवाद थाल्ने बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.