फिफा वरीयतामा नेपाल दुई स्थानमाथि

फिफा वरीयतामा नेपाल दुई स्थानमाथि

काठमाडौं । फिफा वरीयतामा नेपाली दुई स्थान माथि उक्लिएको छ । फिफाले अद्यावधिक गरेको नयाँ वरीयता अनुसार १७५ औँ स्थानमा रहेको नेपाली टिम १७३ औँ स्थानमा पुगेको छ ।

हालैको फिफा विन्डो विश्वकप छनोट–२०२६ को पहिलो चरणमा नेपालले लाओसलाई समग्रमा २–१ ले पराजित गर्दै विश्वकप छनोटको दोस्रो चरणमा स्थान बनाएपछी यही जितका कारण नेपालले वरीयतमा १० अंक थप गर्दै दुई स्थान सुधार गरेको हो ।

घरेलु मैदानमा भएको पहिलो लेगमा नेपालले लाओसंग १–१ को बराबरी खेल्दा दोस्रो लेगमा लाओसलाई उसैको मैदानमा १–० ले हराएको थियो ।

फिफाको वरीयता अनुसार दक्षिण एसियामा भारत १०२ औँ स्थानमा छ भने माल्दिभ्स १६१ औँ, भुटान १८२ औँ, बंगलादेश १८३ औँ, पाकिस्तान १९३ औँ र श्रीलंका २०२ औँ स्थानमा रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.