भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने

फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने

काठमाडौं, २८ साउन। कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति फेरि सरेको छ। राष्ट्रिय खेलकुदको मिति पाँचौँ पटक तोकिएको हो।

युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बिहीबार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर १६ देखि २९ गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ।

२०७९ साल असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भएको थियो। त्यसपछि १०औँ राष्ट्रिय खेलकुद आयोजना गर्ने जिम्मेवारी कर्णाली प्रदेशले पाएको थियो।

कर्णालीले प्रतियोगिता आयोजनाको झण्डा पाएपछि राखेपको ११५औँ बोर्ड बैठकले २०८१ साल मङ्सिर २ देखि ९ गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो। तर आवश्यक खेल पूर्वाधार तथा अन्य तयारी पूरा हुन नसकेपछि निर्धारित समयमा प्रतियोगिता आयोजना हुन सकेन। त्यसपछि पटक–पटक प्रतियोगिताको मिति सारिँदै आएको छ।

पछिल्लो पटक राखेपको १२३औँ बोर्ड बैठकले गएको वैशाखमा १०औँ राष्ट्रिय खेलकुद आयोजना गर्ने मिति तोकेको थियो। तर उक्त मितिमा समेत प्रतियोगिता आयोजना हुन नसकेपछि बिहीबार बसेको बोर्ड बैठकले पुनः नयाँ मिति तय गरेको हो।

कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधार तथा व्यवस्थापनको तयारीलाई तीव्रता दिइने राखेपले जनाएको छ। १०औँ राष्ट्रिय खेलकुद आयोजना पटक–पटक सर्दै गएपछि खेलाडी तथा खेल क्षेत्रका सरोकारवालाले प्रतियोगिता तोकिएको नयाँ मितिमै आयोजना हुने वातावरण बनाउन माग गर्दै आएका छन्।

 


Thali Mobile Pvt.Ltd.