काठमाडौँ । फिफा विश्वकप छनौट अन्तर्गत साविक विजेता फ्रान्सले संघर्षपूर्ण जित निकालेको छ ।
बुधबार राति भएको खेलमा फ्रान्सले बोस्निया र हर्जगोभिनालाई १–० गोलले पराजित गरेको हो । फ्रान्सको जितमा एन्टोनी ग्रीजम्यानले ६०औँ मिनेटमा ग्रीजम्यानले गोल गरे ।
एड्रिनको पासमा उनले उत्कृष्ट हेडर गोल गरेका थिए । जितसँगै फ्रान्सले ३ खेलमा ७ अंक जोड्दै फ्रान्स समूह डीको शीर्ष स्थानमा छ ।
