भर्खरै : Sorry, your browser does not support inline SVG.
घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा | भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको यकिन सूची सार्वजनिक | गौतमबुद्ध विमानस्थल चाँडै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : सांसद अग्रवाल | सङ्क्रमणकालीन न्यायलाई प्राथमिकता दिन र दुवै आयोगमा पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघको आग्रह | कर्णालीका मुख्यमन्त्री शाहीले सार्वजनिक गरे सय दिनका उपलब्धि | सेवा प्रवाह सहज बनाउन प्रदेश र स्थानीय तहमा थप कर्मचारी खटाइने | अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा |

बँदेललाई थापेको पासोमा परि एकै परिवारका तीन जनाको मृत्यु

बँदेललाई थापेको पासोमा परि एकै परिवारका तीन जनाको मृत्यु

बर्दिया । बँदेल मार्न राखेको विद्युतीय पासोमा परि एकै परिवारका तीन जनाको मृत्यु भएको छ। गएराति ठाकुरबाबा नगरपालिकामा एकै परिवारका तीन जनाको ज्यान गएको हो ।

बँदेल मार्न राखेको करेन्टको पासोमा परेर ठाकुरबाबा नगरपालिका–३ का ३२ वर्षका बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षकी बेलमती थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायाले बताए ।

सुरुमा एक जनालाई करेन्ट लागेपछि बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेको प्रहरी निरीक्षक रोकायाले बताए। बँदेललाई पासो थाप्ने ८३ वर्षीय राजबहादुर शाहीलाई भने प्रहरीले पक्राउ गरि अनुसन्धान थालेको छ।

 


Thali Mobile Pvt.Ltd.