भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

करिब ५ लाख नगदसहित २० जना जुवाडे जाेरपाटीबाट पक्राउ

करिब ५ लाख नगदसहित २० जना जुवाडे जाेरपाटीबाट पक्राउ

काठमाडौं । नेपाल प्रहरीले जोरपाटीबाट किरव २० जना जुवाडेलाई रंगेहात पक्राउ गरेको जनाएकाे छ ।

गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीस्थित चामुण्डागेटमा रहेको तिव्वतियन क्याम्पभित्रको घरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हाे । पक्राउ पर्नेहरूमा केही महिला पनि रहेकाे प्रहरी बताएकाे छ ।

जुवा खेलेको सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले तेन्जिङ छोप्याक भन्ने धावा ढुण्डुपसहित २० जनालाई शुक्रबार राति ११ बजे नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरू तेन्जिङ छोप्याककै घरमा जुवा खेलेका थिए । उनीहरूको साथबाट चार लाख ७४ हजार ७५ रुपैयाँ नगद, बिस बुक तास, क्यासिनोमा प्रयोग हुने क्वाइन ४६४ थान, कौडा १०० थान बरामद गरेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.