भर्खरै : Sorry, your browser does not support inline SVG.
गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत | सीमाबाट ६ घण्टामा यसरी नारायणी पुग्यो बाढी | रसुवा बाढीमा ६४४ पर्यटक बेपत्ता, मृत्यु हुनेको संख्या १७७ पुग्यो |

बन्दीपुरमा सडक खाना महोत्सव हुने

बन्दीपुरमा सडक खाना महोत्सव हुने

दमौली । तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर, बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटेल सङ्घ, रेबान तनहुँको संयुक्त आयोजनामा बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ। महाेत्सव यही चैत ३० गतेदेखि सुरु भएर अगामी वैशाख २ गतेसम्म जारी रहने छ।

‘सडकमा खाऔँ, सडकमै रमाऔँ, आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गरौँ’ भन्ने मूल नारासहित सडक खाना महोत्सव आयोजना गर्न लागिएको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले बताए । उनले  पर्यटकीय नगरी  बन्दीपुर विस्तारै पर्यटन लयमा फर्किँदै गरेकाे र  नयाँ वर्षकाे उपलक्ष्यमा आयोजना गरिने सडक खाना महोत्सवले यहाँकाे पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए ।

अध्यक्ष प्रधानले सडक खाना महोत्सवका दिन बन्दीपुर बजारमा रहेका होटेल अगाडि बसेर पर्यटकले विविध सांस्कृतिक कार्यक्रम,  विभिन्न जातजातिका संस्कृति र खानाकाे मज्जा लिन सक्ने छन् ।

त्यस्तै बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बन्दीपुर एक एतिहासिक पयर्टकीय गन्तव्य भएकाले यस महाेत्सवले पर्यटन प्रवर्द्धनमा सहयाेग मिल्ने बताए । उनले भने, “नयाँ वर्षमा जिल्लाका युवायुवती पोखरा, चितवन जाने गर्दछन्,  हामीले आफ्नै जिल्लाभित्र रमाउने वातावरण सिर्जना गर्न महोत्सव आयोजना गरिएका हाैं । यसले यहाँकाे पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ ।

त्यसैगरी पर्यटन व्यवसायी वैश गुरुङले बन्दीपुरमा विशेष गरी चीन, फ्रान्स, जर्मनबाट विदेशी पर्यटक आउने गरेकाे र विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेको जानकारी दिए।

तनहुँ सदरमुकाम दमौलीदेखि १८ किलोमिटर दूरीमा बन्दीपुर पुग्न सकिन्छ । डुम्रे हुँदै ८ किलोमिटरको सडक यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । यस बजारको मूख्य पहिचान नै पुराना घरहरू हुन् । जुन भक्तपुरे शैलीमा निर्माण गरिएका छन् । यी घरहरूको संरक्षण, यसले इतिहासको सुरक्षा र पर्यटकहरूलाई लोभ्याउने काम गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.