भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बम विष्फोटमा परि कुवेतमा ४ नेपालीको मृत्यु

बम विष्फोटमा परि कुवेतमा ४ नेपालीको मृत्यु

कुवेत । अल मुतलाको हाउजिङ निर्माणस्थलमा बम पड्काएर ढुंगा फुटाउने क्रममा चार जना नेपालीको मृत्यु भएको छ। कुवेतस्थित नेपाली राजदुतावासका अनुसार तीन जनाको अवस्था गम्भीर छ भने थप तीन जना बेपत्ता रहेका छन् ।

वेपत्ता भएका कमदारको खोजी र उद्धार कार्य चलिरहेको दुतावासका सूचना अधिकारी जानकी ओझाले जानकारी दिइन् ।उनका अनुुसार १३ जना नेपाली र एक भारतीय कामदार खाडलमा पसेर काम गरिरहेका बेला ढुंगा फुटाउन बम पड्काउने क्रममा एक्कासी ढुंगासहितको पहिरोमा उनीहरु पुरिएका थिए ।

मृर्तकको पहिचान खुल्न सकेको छैन। दुर्घटनाको कारणबारे तत्काल छानविन गरी ७ दिनभित्र प्रतिवेदन बुझाउन कुवेत सरकारले निर्देशन दिएको छ।

 


Thali Mobile Pvt.Ltd.