बागलुङ । एकै विद्यालयका २५ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टी भएको छ । समुदायमा पनि तीन जनामा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय बाग्लुङले जनाएको छ ।
बाग्लुङ नगरपालिकाको बलेवास्थित एक विद्यालयका विद्यार्थीमा कोरोनाको लक्षण देखिएपछि ८२ जनाको परिक्षण गर्दा एकै पटक २५ जनामा संक्रमण पुष्टी भएको जनस्वास्थ्य निरीक्षक देव प्रकाश घिमिरेले बताए ।
अर्को सूचना जारी नभएसम्मका लागि अहिले विद्यालय बन्द गरिएको छ । विद्यालय व्यवस्थापन समितिको बैठक बसेर विद्यालयमा थप विद्यार्थीको कोरोना परिक्षणपछि मात्रै विद्यालयको नाम खुलाइने बताइएको छ ।
कोरोना संक्रमित बढेसंगै स्वास्थ्य सचेतना अपनाउन कार्यालयले हार्दिक अनुरोध गरेको छ । बिहिबारसम्म जम्मा १३ जना संक्रिय संक्रमित रहेको बाग्लुङमा अहिले संक्रमितको संख्या ४१ पुगेको छ ।
