भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

बागलुङमा एकै विद्यालयका २५ जना विद्यार्थीमा कोरोना पुष्टी

बागलुङमा एकै विद्यालयका २५ जना विद्यार्थीमा कोरोना पुष्टी

बागलुङ । एकै विद्यालयका २५ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टी भएको छ । समुदायमा पनि तीन जनामा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय बाग्लुङले जनाएको छ ।

बाग्लुङ नगरपालिकाको बलेवास्थित एक विद्यालयका विद्यार्थीमा कोरोनाको लक्षण देखिएपछि ८२ जनाको परिक्षण गर्दा एकै पटक २५ जनामा संक्रमण पुष्टी भएको जनस्वास्थ्य निरीक्षक देव प्रकाश घिमिरेले बताए ।

अर्को सूचना जारी नभएसम्मका लागि अहिले विद्यालय बन्द गरिएको छ । विद्यालय व्यवस्थापन समितिको बैठक बसेर विद्यालयमा थप विद्यार्थीको कोरोना परिक्षणपछि मात्रै विद्यालयको नाम खुलाइने बताइएको छ ।

कोरोना संक्रमित बढेसंगै स्वास्थ्य सचेतना अपनाउन कार्यालयले हार्दिक अनुरोध गरेको छ । बिहिबारसम्म जम्मा १३ जना संक्रिय संक्रमित रहेको बाग्लुङमा अहिले संक्रमितको संख्या ४१ पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.