भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बागलुङ उद्योग वाणिज्यको नेतृत्व गर्न छ व्यवसायी मैदानमा

बागलुङ उद्योग वाणिज्यको नेतृत्व गर्न छ व्यवसायी मैदानमा

बागलुङ । बागलुङ उद्योग वाणिज्य सङ्घको निर्वाचन नजिकिएसँगै व्यवसायीमा नेतृत्वका लागि दौडधुप बढेको पाइएको छ । स्थानीय तहको निर्वाचनले गर्माएको बागलुङ बजार पुनः व्यवसायीको निर्वाचनले चुनावी माहोल सिर्जना गरेको छ । निर्वाचन नजिकिएसँगै व्यवसायले राजनीतिक भेटघाट, व्यवसायीसँग परामर्शलगायतका कार्य गरिरहेका छन् भने बागलुङ उद्योग वाणिज्य सङ्घले निर्वाचनको आन्तरिक तयारीलाई तीव्रता दिएको छ । सम्पूर्ण व्यापारी व्यवसायीको साझा संस्थाका रूपमा रहेको बागलुङ उद्योग वाणिज्य सङ्घको १८औँ अधिवेशन आउँदो असार ४ गते हुँदैछ ।

सदस्यको पुसमा नवीकरण सकिएको र मतदाता नामावली जेठ १७ गते मतदान अधिकृतलाई दिएको युवराज राजभण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घका कानूनी सल्लाहकार भूमिश्वर गौतमलाई नै मतदान अधिकृत बनाइएको छ । अहिलेको नेतृत्व सर्वसम्मत बनाएर लैजाने गरी विभिन्न चरणमा छलफल भइरहेको उहाँको भनाइ छ ।तीन वर्षमा परिवर्तन हुने बागलुङ उद्योग वाणिज्य सङ्घको नेतृत्व तीन वर्ष छ महिनापछि मात्रै चयन हुँदैछ । विधानविपरीत समय सीमाभित्रै नयाँ नेतृत्व चयन नभएको भन्दै उद्योग वाणिज्य सङ्घको नेतृत्वप्रति केही व्यवसायीहरु असन्तुष्ट समेत भएका थिए । तर अधिवेशन गर्ने समयमा साधारणसभा गरेर त्यहीअनुसार आफूले अहिले निर्वाचन गराउन थालिएको राजभण्डारीले जानकारी दिनुभयो । उहाँले कोरोनाका कारण पाँच महिना निर्वाचन धकेलिएको बताउनुभयो ।

उहाँले यसपटकको नेतृत्व सकभर सहमतिमा हुने र निर्वाचन नगर्ने गरी वातावरण तयार गरिरहेको अध्यक्ष राजभण्डारीले जानकारी दिनुभयो । उद्योग वाणिज्य सङ्घको नेतृत्वका लागि छ जना व्यवसायीले नेतृत्वका लागि आफ्नो दाबेदारी रहेको बताएका छन् । सङ्घको अध्यक्षका लागि सङ्घका वरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मा बाबु, उद्योग वाणिज्य सङ्घका सल्लाहकार तथा अघिल्लो निर्वाचनका प्रतिस्पर्धी दयाराम पौडेल, वर्तमान महासचिव नरेश कँडेल, प्रथम अध्यक्ष राजनकुमार शाक्य, कार्यसमिति सदस्य शशिकपुर श्रेष्ठ र पूर्वकार्यसमिति सदस्य सञ्जय श्रेष्ठले नेतृत्वका लागि आफ्नो दाबेदारी रहेको बताउनुभएको छ ।

विसं २०२० मा स्थापित सङ्घमा एक हजार ४९० व्यवसायी सदस्य मतदाता रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.