भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

बाढी अपडेटः मृत्यु हुनेको संख्या ८८ पुग्यो, ३० जना अझै बेपत्ता

बाढी अपडेटः मृत्यु हुनेको संख्या ८८ पुग्यो, ३० जना अझै बेपत्ता

काठमाडौं । बाढीपहिरो र डुबानबाट मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । कुल ३० जना बेपत्ता भएको विपद् व्यवस्थापन महाशाखाले जनाएको छ । अधिकांशको पहिराका कारण ज्यान गएको छ ।

विहान ११ जनाको मृत्यु पुष्टी भएको छ । विपद्मा परेर पाँचथरमा २७ जनाको मृत्यु भएको छ । इलाम र डोटीमा १३, १३ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । लीकोट, बैतडी, डडेलधुरा, बझाङ, हुम्ला, सोलुखुम्बु, प्युठान, धनकुटा, मोरङ, सुनसरी, उदयपुरलगायत १५ जिल्लामा ठूलो मानवीय क्षति भएको महाशाखाका प्रमुख हुमकला पाण्डेले बताइन् ।

विपद्बाट २० जिल्ला प्रभावित भएका छन् । बझाङमा २१ जना हराएका छन् । पाँचथरमा चारसहित विभिन्न जिल्लामा गरेर ३० बेपत्ता रहेको गृहमन्त्रालयले जनाएको छ । आजबाट मौसममा सुधार आउने जल तथा मौसम विज्ञान शाखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.