भक्तपुर । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले बाढी प्रभावित क्षेत्रको निरिक्षण गरेका छन् । मंगलबार परेको अविरल वर्षाका कारण भक्तपुर नगरपालिका भित्रको बाढी प्रभावित क्षेत्रमा नगर प्रमुख प्रजापतिले निरीक्षण गरेका हुन ।
विगत केही दिनदेखि परिरहेको वर्षा र मंगलबार परेको वर्षाको कारण भक्तपुर नपाको हनुमन्त्ते खोलामा आएको बाढीले नगरका विभिन्न ठाउँहरु डुबानमा परेका छन् । डुबानले खोला छेउको धानबालीमा क्षति पुग्नुका साथै नजिकै रहेका विद्यालय, व्यापारिक भवन, अस्पताल र सम्पदाहरु समेत डुबानमा परेका छन् ।
प्रमुख सुनिल प्रजापतिले अविरल वर्षाका कराण भक्तपुर नपा वडा नं १ धालाखुसी, वडा नं ३ स्थित बाराही पुल, वडा नं ४ स्थित राममन्दिर र शान्ति निकेतन मावि र वडा नं ७ स्थित हनुमानघाट, थुसाचालगायत विभिन्न ठाउँमा बाढीले क्षति पु¥याएको क्षेत्रहरुमा स्थलगत निरीक्षण गरेका हुन ।

