काठमाडौं । एमालेको दुई समूहबीच भएको वार्ता ओलीले गरेको एकलौटी निर्णयमा अड्किएको छ ।
माधवकुमार नेपाल समूहले एकलौटी रुपमा गरेको ओलीको निर्णय खारेज गर्न माग गरेको छ भने अध्यक्ष ओली त्यो मान्न नसकिने भनेर अडानमा रहेको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा भएको वार्तामा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र विष्णु पौडेल, सचिवहरु प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, नेताहरु सुवासचन्द्र नेम्वाङ, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी थिए ।
