भर्खरै : Sorry, your browser does not support inline SVG.

बेपत्ता वडा सदस्यको शव भेटियो

बेपत्ता वडा सदस्यको शव भेटियो

उदयपुर । भदौ ९ गतेदेखि बेपत्ता उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरकी वडा सदस्य छत्रकुमारी थापा (राउत) को शव भेटिएको छ।

उनको शव ३८ दिनपछि फेला परेको हो। जिल्ला प्रहरी कार्यलयका प्रहरी ३८ वर्षीया राउत गत भदौ ९ गतेदेखि बेपत्ता थिइन्।

उनको कंकाल सेतीखोलास्थित माछापुच्छ्रे सामुदायिक वनको एउटा रूखमा झुण्डिएको अवस्थामा स्थानीयवासीले फेला पारेका थिए।

डिएनए परीक्षणपछि राउतको शव पहिचान भएको र शव आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

राउत गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा त्रियुगा–२ को वडा सदस्यमा निर्वाचित सदस्य थिइन्।

 


Thali Mobile Pvt.Ltd.