भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

बेलायतमा हिंसक प्रदर्शनः अहिलेसम्म चार सय जनाभन्दा धेरै व्यक्ति पक्राउ

बेलायतमा हिंसक प्रदर्शनः अहिलेसम्म चार सय जनाभन्दा धेरै व्यक्ति पक्राउ

बेलायत । बेलायतमा गएको हप्तादेखि शुरु भएको हिंसक प्रदर्शनमा अहिलेसम्म चार सय जनाभन्दा धेरै व्यक्ति पक्राउ परेका छन् । नेशनल पुलिस चिफ काउन्सिलले आउँदा दिनमा पक्राउ पर्नेहरूको सङ्ख्या बढ्न सक्ने बताएको बीबीसीले जनाएको छ ।

यसअघि प्रधानमन्त्री केयर स्टार्मरले स्थिति नियन्त्रणमा लिन विशेषज्ञ प्रहरी अधिकारीहरूको टोली तैनाथ गरिएको बताउनुभएको थियो । हिंसक प्रदशर्नका क्रममा कैयौँ प्रहरी अधिकारी पनि घाइते भएका छन् । साउथपोर्टको एक पार्टीमा चक्कु प्रहारबाट तीन जना बालिकाको ज्यान गएपछि बेलायतमा हिंसक प्रदर्शन चर्किएको हो ।

प्रदर्शनका क्रममा अति दक्षिणपन्थी, आप्रवासी विरोधी र आप्रवासी समर्थक कैयौँ ठाउँमा आमनेसामने आएका थिए । प्रदर्शनकारीहरूले आप्रवासी मुस्लिम लक्षित आक्रमण गरिरहेका छन् । उनीहरूले मस्जिदमा पनि आक्रमण गरिरहेका छन् । यो घटनालाई लिएर प्रधानमन्त्री स्टार्मरले घृणा फैलाउन खोज्नेहरूविरुद्ध कारबाहीमा प्रहरीलाई सरकारले सहयोग गर्नै बताउनुभएको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.