भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

बाल्टिनमा डुबी बालिकाको मृत्यु

बाल्टिनमा डुबी बालिकाको मृत्यु

भक्तपुर । पानीको बाल्टिनमा डुबेर भक्तपुरमा एक बालिकाको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं २ घर भई हाल सूर्यविनायक नगरपालिका वडा नं १० चित्तापोल बस्दै आएकी नेलिस्ता बस्नेत खेल्ने क्रममा अचानक २० लिटर पानी भएको प्लास्टिकको बाल्टिनमा डुबेकी हुन ।

११ महिनाकी बस्नेतको तत्कालै उपचारका लागि ख्वप अस्पताल च्यामासिंह लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन कार्कीले बताए । शव पोष्मार्टमका लागि काठमाण्डौं मेडिकल कलेज दुवाकोट लगिएको छ ।

प्रहरी वृत जगातीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई घटनास्थलको प्रारम्भिक अनुसन्धान गरिरहेको छ । घटनाको थप अनुसन्धान कार्य भईरहेको डिएसपी कार्कीले बताए ।

 


Thali Mobile Pvt.Ltd.