भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘बेहुली’ झैं फूलैफूलले सिंगारियो जावलाखेल मैदान

‘बेहुली’ झैं फूलैफूलले सिंगारियो जावलाखेल मैदान

काठमाडौं । ललितपुरस्थित जावलाखेलको खेल मैदान अहिले फूलैफूलले सजिएको भएको छ । पुष्पका पारखीहरुलाई कुन फूल लगौं भनेर भ्याइनभ्याइ छ । तिहार नजिकिंदै गर्दा यहाँ शुक्रबारदेखि पुष्प प्रदर्शनी गरिएको हो । करिब ४ सय बढी प्रजातिका फूलहरूले सजिएको खेलमैदानमा पुष्प व्यवसायीहरुले आफ्नो व्यवसायीक्ता झल्काएका छन् भने पुष्प पारखीहरुका लागि शेल्फी खिच्न भ्याइनभ्याइ देखिन्छ ।

यो मेलामा ४८ वटा फूलहरूको स्टल राखिएको र ४ सय बढी प्रजातिका फूलहरू रहेको पुष्प व्यवसायी संघका अध्यक्ष मीनबहादुर तामाङ बताए । १४ औं गोदावरी पुष्प प्रदर्शनी मेलामा विभिन्न देशमा पाइने फूलहरु राखिएकाले फूल प्रेमीहरूको भीड देख्न सकिन्छ । फूल रोज्दै गरेका र सँघ साथीलाई फोन गर्दै आमन्त्रण गर्नेहरुको पनि कमि छैन यहाँ । फूलका सौखिनहरु यतिवेला जावलाखेल मैदानमै भेटिने गरेका छन् ।

स्टलमा विभिन्न रंगका र विभिन्न प्रजातिका गोदावरी फूल किन्न पाइने भएकाले ग्राहकले पनि खुशी व्यक्त गरिरहेका छन् भने प्रदर्शनी उत्साहजनक रहेको व्यवसायी बताउँछन् ।हरेक वर्ष हुने प्रदर्शनीमा नयाँ नयाँ अनुभव साटासाट गर्न मिलेको व्यवसायी बताउँछन् । प्रदर्शनीले पुष्प व्यवसायीलाई मात्रै नभएर फूलप्रेमी का लागि सुनौलो अवसर भएको उनीहरुको भनाइ छ ।

दुई सय देखि १२ सय सम्म मूल्य रहेका फूलहरु पाइने यस मेलाबाट पाँच लाख बराबरको कारोबार गर्ने लक्ष्य आयोजकले लिएको छ । गोदावरी पुष्प प्रदर्शनी मेलाको शुक्रबार अर्थ मन्त्री जनार्दन शर्माले समुद्घाटन गरेका थिए ।

हेर्नुहोस तस्बीरमा…

 


Thali Mobile Pvt.Ltd.