भर्खरै : Sorry, your browser does not support inline SVG.
नदीमा सिधै फोहोर पानी नफाल्न उद्योगहरूलाई विभागको कडा निर्देशन | जलवायु परिवर्तनसँग जुध्न नेपालको चार प्रस्ताव, ५३ देशको समर्थन | आज र भोलि बाढीपहिरोको जोखिम, यी राजमार्गमा सतर्क रहन आग्रह | भोटेकोशी बाढीपहिरो : सुरुङभित्र ३७ शव फेला, ११औँ दिन चिनियाँ नागरिकको जीवितै उद्धार | काठमाडौँका विभिन्न क्षेत्रमा आठ दिन बिजुली कटौती हुँदै, कुन ठाउँमा कहिले ? | स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार |

बैदेशिक राेजगारीको क्रममा विदेशबाट फर्किंदा ल्याउने सुनमा नयाँ नियम लागू

बैदेशिक राेजगारीको क्रममा विदेशबाट फर्किंदा ल्याउने सुनमा नयाँ नियम लागू

काठमाडौँ । विदेशबाट नेपालीले ल्याउन पाउने सुनको परिमाणबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले प्रष्ट्याएको छ । प्रष्टीकरण अनुसार विदेशबाट फर्कने महिलाको हकमा ५० ग्रामसम्मको सुनको गहन ल्याउँदा भन्सार तिर्न नपर्ने र पुरुषले २५ ग्रामसम्म ल्याउँदा भन्सार तिर्नु नपर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

कार्यालयले एक सूचना जारी गर्दै विदेशबाट फर्कने यात्रुले नेपाल ल्याउन पाउने सुनको परिमाणबारे प्रष्ट्याएसंगै एकजना यात्रु (महिला र पुरुष) ले तोकेभन्दा बढी २०० ग्रामसम्म सुनको गहना ल्याउन पाउने र त्यसको भन्सार तिर्नुपर्ने व्यवस्था कार्यालयले गरेको छ ।

कार्यालयले नयाँ नियममा काँचो सुनलाई बंग्याएर बेरुवा, औंठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएको सुनलाई गहनाको मान्यता नदिने जनाएको । पछिल्लो समय विमानस्थल हुँदै सुन तस्करी हुन थालेपछि विदेशबाट आउने नेपालीलाई सुन ल्याउनमा कडाई गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.