भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

भक्तपुरमा क्यान्सर सचेतना महोत्सवः आज प्रभात फेरी सम्पन्न

भक्तपुरमा क्यान्सर सचेतना महोत्सवः आज प्रभात फेरी सम्पन्न

भक्तपुर । बिश्वमा प्रत्येक बर्षको अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाको रुपमा मनाउने गरिन्छ । क्यान्सर सचेतना महिना मै दिक्षा (गौरी) हाडा स्मृति प्रतिस्थान र लाइन्स क्लब अफ भक्तपुरको आयोजनामा क्यान्सर सचेतना महोत्सव तथा देविका बन्दना सांगीतिक सांझ २०८०, गर्न लागेको छ ।

प्राणघातक क्यान्सर रोग सम्बन्धी सचेतना अभिबृद्धी गर्ने उद्देश्य अनुरुप यहि असोज २० गते शनिवार क्यान्सर सचेतना महोत्सव तथा देविका बन्दना सांगीतिक सांझ २०८० , गर्नलागेको हो । प्रख्यात गायिका देविका बन्दना पनि प्राणघातक क्यान्सर रोग बिजेता हुन । उक्त कार्यक्रमको प्रवद्र्धन हुने गरि मंगलवार भक्तपुरमा प्रभात फेरी कार्यक्रमको सम्पन्न भएको हो ।

दिक्षा गौरी हाडा स्मृति प्रतिस्थान र लायन्स क्लब अफ भक्तपुर भैरवको संयुक्त आयोजनमा बाजा गाजा सहित भक्तपुरको सिद्ध पोखरीवाट शुरु भई खौमा सुकुलढोका, तःमारी हुँदै सिद्ध पोखरीमा आई बिसर्जन भएको थियो । उक्त प्रभात फेरीमा दिक्षा गौरी हाडा स्मृति प्रतिष्ठानका सदस्यहरु ,लायन्स क्लबका सदस्यहरु, क्यान्सर सपोट ग्रुपका सदस्यलगायत शुभेच्छुकहरुको सहभागी रहेको थियो ।

दिक्षा गौरी हाडा स्मृति प्रतिस्थानका अध्यक्ष राजेश हाडाले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । यही असोज २० गते इम्पेरिय वैंक्वेटमा क्यान्सर सचेतना महोत्सव तथा देविका बन्दना सांगीतिक सांझ २०८० कार्यक्रममा उपस्थित हुन अब्हान गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.