भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

भारत र चीनका सैनिकबीच झडप

भारत र चीनका सैनिकबीच झडप

एजेन्सी । भारत र चीनको सीमा क्षेत्रमा दुई देशका सैनिकबीच झडप भएको छ । ​अरुणाञ्चल प्रदेशको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारतीय र चिनियाँ सेनाबीच झडप भएको हो ।

झडपमा केही सेना घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमले झडप अरुणाञ्चल प्रदेशको तवाङ सेक्टरमा भएको जनाएका छन् ।भारतीय सेनाले एलएसी पार गरेपछि चिनियाँ सेनाबीच भिडन्त भएको जनाइएको छ ।

पूर्वी लद्दाखमा झडप भएको लामो समयपछि भारतीय र चिनियाँ सेनाबीच पछिल्लो झडप भएको हो । यीमध्ये सबैभन्दा ठूलो झडप जुन २०२० मा गलवान उपत्यकामा भएको थियो । झडपमा २० भारतीय सेना मारिएका थिए ।

यो घटनाले दुई देशबीचको द्वन्द्वको शृंखला सुरु गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.