भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

भारी वर्षाका कारण विभिन्न भागमा क्षेती, उच्च सतर्कता अपनाउन आग्रह

भारी वर्षाका कारण विभिन्न भागमा क्षेती, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । भारी वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । पछिल्लो ६ घण्टामा अति भारी वर्षा मापन भएको जानकारी दिंदै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यसैबीच कास्कीको लुम्ले र जुमलेटीमा अति भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाढी सूचना केन्द्रले सूचना जारी गर्दै पछिल्लो ६ घण्टामा अति भारी वर्षा मापन भएको जानकारी दिएको हो ।

पछिल्लो चौबिस घण्टामा १७१.५ मिलिमिटर वर्षा मापन भएको बाढी सूचना केन्द्रले जनाएको छ । २४ घण्टामा १४० मिलिमिटरसम्म वर्षा मापन भए बाढीपहिरोको उच्च जोखिम हुने खतरा हुन्छ ।

अति भारी वर्षाका कारण कास्की र आसपासका खोलामा आकस्मिक बाढी आउन सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जान सक्ने जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ ।

त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी, कालीगण्डकी, पश्चिम राप्तीका शाखा नदीहरु लगायत प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी प्रदेश भई बग्ने नदीहरुम बहाव बढ्ने र आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान अघिल्लो दिन नै विभागले सार्वजनिक गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.