भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

मकवानपुरका निजी र सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा ठप्प

मकवानपुरका निजी र सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा ठप्प

मकवानपुर । दुई जना डाक्टरमाथि भएको कुटपिटको विरोधमा हेटौँडाका अस्पतालहरुले आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । हेटौँडाको सञ्चो अस्पतालका दुई जना डाक्टरमाथि भएको कुटपिटको विषयलाई लिएर हेटौडा अस्पतालसहित मकवानपुरका निजी र सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका हुन ।

बिरामीको उपचार गरिरहेका बेला हाइ डिपेन्डेन्सी युनिट (एचडीयू)मै डाक्टरमाथि भएको आक्रमणले असुरक्षा बढेको भन्दै मकवानपुरका स्वास्थ्यकर्मीले आन्दोलन थालेका हुन् । बुधबार बिहान हेटौँडा–१ को सञ्चो अस्पतालमा डाक्टर प्रशान्त बिडारी र डाक्टर विकास थापामाथि कुटपिट भएको थियो ।

डाक्टरलाई कुटपिट गर्ने सबैलाई पक्राउ नगरेसम्म आकस्मिक बाहेकका सबै सेवा ठप्प पारिने जनाएको छ । हेटौँडा अस्पतालमा कार्यरत ७८ जना डाक्टरहरुले सामूहिक रुपमा राजीनामा दिएका छन् । डेङ्गीका कारण एक महिनाअघि ज्यान गुमाएका हेटौँडा–१२ का राजेश प्रधानका आफन्तले अस्पतालभित्र प्रवेश गरी डाक्टरमाथि कुटपिट गरेका हुन् । साउन २२ गते सञ्चो अस्पतालमा भर्ना भएका प्रधानको अवस्था गम्भीर भएपछि थप उपचारका लागि भोलिपल्टै चितवन रेफर गरिएको थियो ।

प्रधानलाई दोस्रो पटक डेङ्गी सङ्क्रमण पुष्टि भएको थियो भने उनलाई मधुमेह र उच्च रक्तचाप पनि थियो । उनको साउन २५ गते चितवन मेडिकल कलेजमा उपचार क्रममा ज्यान गएको थियो । कुटपिटमा संलग्नलाई कारबाही माग गर्दै जिल्लाका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले सामूहिक रूपमा प्रहरीमा जाहेरी दिएका छन् ।

हेटौँडा अस्पतालमा मात्र हरेक दिन १५ सय जनाभन्दा धेरै बिरामीले ओपीडीबाट सेवा लिँदै आएका छन् । त्यहाँका निजी अस्पतालमा पनि बिरामीको त्यति नै चाप हुने गरेको छ । ओपीडी सेवा बन्द भएपछि बिरामीहरु मर्कामा परेका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.