२० असार २०७७ सिराहा । लहान बजारमा अटोरिक्सा, टेम्पो चालक मजदुरहरु आन्दोलित भएका छन् । उनिहरुले मजदुर मारा सरकार मुर्दावाद भन्दै नाराजुलुश सहित राहत र रोजगारीको माग गर्दै प्रदर्शन गरेका हुन। ई–रिक्सा तथा टेम्पो चालक संघको नेतृत्वमा चालकहरूले ई–रिक्सा र टेम्पोसहित निकालेको र्यालीले नगरका विभिन्न भाग परिक्रमा गरि सभा समेत गरे।
कोरोना महामारीका कारण सरकारले लामो समयसम्म सार्वजनिक यातायात ई–रिक्सा, टेम्पो, ठेलालगायत मझौला सवारी सञ्चालनमा प्रतिबन्ध लगाएपछि निकै मारमा परेको भन्दै बाध्य भएर नाराजुलुशमा उत्रिनु परेको बताएका छन् । ‘मजदुरलाई गरिखान देऊ’ बैंक ब्याज मिनाहा, शतप्रतिशत पीसीआर जाँच लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर, ई–रिक्सामा टाँसेर उनीहरुले हातमा कालोपट्टी बाँधेर प्रदर्शनमा उत्रिए ।
प्रहरीले सवारीको चाबी खोस्ने, सिट लैजाने र एक हजार रुपैयाँ जरिवाना लिएर दुख दिएको भन्दै आक्रोश व्यक्त गरे । सरकार कि राहत देऊ कि रोजगारी दिऊ नत्र जीविका चलाउन समस्या पर्यो भन्दै उनीहरुले काम गर्ने बातावरण मिलाउन आग्रह गरे । लहान नगरपालिकासँग राहत माग गरेको तर अहिलेसम्म सुनुवाइ नभएको ई–रिक्साचालकका नगर अध्यक्ष मनोज मण्डलले बताए । राहतमा १० अर्ब खर्च सरकारले कहाँ गर्यो ? हामीले राहत पाएका छैनौं भन्दै उनीहरुले गुनासो गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाण्डौ, २ असार । बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले अमेरिकामा भइरहेको फिफा क्लब विश्वकपमा न्युजिल्याण्डको अकल्याण्ड सिटीलाई ऐतिहासिक १०–० को फराकिलो अन्तरले पराजित गरेको छ। यो जित क्लब विश्वकप इतिहासकै...
काठमाण्डौ, २ असार । द्वन्द्वग्रस्त इजरायल र इरानमा रहेका सबै नेपालीहरू अहिले सुरक्षित रहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा करिब ५ हजार ५ सय नेपाली र इरानमा करिब १२...
काठमाण्डौ, २ असार । देशका केही भू-भागमा मनसुनी र पश्चिमी वायुको प्रभावसँगै वर्षा भइरहेको छ भने केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल...
सिमकोट, २ असार । हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल बस्तीमा गएराति भएको भीषण आगलागीबाट आठ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। स्थानीय वासिन्दा विर्ख रावतको घरको गोठबाट...