भर्खरै : Sorry, your browser does not support inline SVG.
नदीमा सिधै फोहोर पानी नफाल्न उद्योगहरूलाई विभागको कडा निर्देशन | जलवायु परिवर्तनसँग जुध्न नेपालको चार प्रस्ताव, ५३ देशको समर्थन | आज र भोलि बाढीपहिरोको जोखिम, यी राजमार्गमा सतर्क रहन आग्रह | भोटेकोशी बाढीपहिरो : सुरुङभित्र ३७ शव फेला, ११औँ दिन चिनियाँ नागरिकको जीवितै उद्धार | काठमाडौँका विभिन्न क्षेत्रमा आठ दिन बिजुली कटौती हुँदै, कुन ठाउँमा कहिले ? | स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार |

मलेसियाले श्रमिक भर्ना अवधि छोट्याउने, विज्ञापन गर्न १ दिनको समय

मलेसियाले श्रमिक भर्ना अवधि छोट्याउने, विज्ञापन गर्न १ दिनको समय

मलेसिया । सरकारले विदेशी श्रमिक भर्ती गर्ने समयावधि छोट्याउने भएको छ ।

श्रमिक भर्ना गर्न दुई महिना भन्दा पनि लामो समय लाग्ने गरेको भन्दै यसलाई छोट्याएर ३० दिनभित्रै श्रमिक भर्ना गर्ने गरी काम भइरहेको सञ्चारमाध्यले बताएका छन् ।

श्रमिक भर्तीको सम्पूर्ण प्रक्रियालाई घटाउने मलेसियाका गृहमन्त्री दातुक सेरी साइफुद्धिनले बताए ।

अब रोजगारदाताले निवेदन पेस गर्नेदेखि स्वीकृति, भिसा जारी गर्ने, स्वास्थ्य परीक्षण लगायत सबै काम एक महिनाभित्रै सकिनेछ ।

मलेसियाका मानव संसाधन मन्त्री वी शीवकुमारसँगको संयुक्त बैठकमा गृहमन्त्रीले यो लामो प्रक्रियालाई छोट्याउने धेरै ठाउँहरु रहेको उल्लेख गरे ।

बैठकमा उनले भने, ‘श्रमिक भर्नाको लागि विज्ञापन गर्नमै रोजगारदाताले पहिले एक महिना लगाउँथे, अबका दिनमा त्यो काम एक दिन मात्रै हुनेछ ।’ यसै गरी अरु प्रक्रिया पनि छोट्याइने बताए ।

 


Thali Mobile Pvt.Ltd.