भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मलेसिया गएका युवक कम्पनी जाँदै गर्दा विमानस्थलबाट बेपत्ता

मलेसिया गएका युवक कम्पनी जाँदै गर्दा विमानस्थलबाट बेपत्ता

एजेन्सी । मलेसिया पुगेका एक नेपाली विमानस्थलबाट कम्पनी जादाजाँदै बाटोबाटै बेपत्ता भएका छन् । रोजगारीका लागि मलेसिया पुगेका मकवानपुरका सोमर सिंह घलान विमानस्थलबाट कम्पनी जाँदै गर्दा बाटोबाटै हराएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार घलान गत ११ नोभेम्बरका दिन क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट रोजगारदाता कम्पनीको बसमा मलेसियाकै जोहोरबारुतर्फ जाँदै गर्दा हराएका हुन् ।

कम्पनीले उनलाई विमानस्थलबाट कम्पनीकै बसमा राखेर कार्यस्थल रहेको स्थान मलेसियाकै जोहोरबारु लगिरहेको बेला बेपत्ता भएको जनाएको छ ।

क्वालालम्पुर विमानस्थलबाट कम्पुङ बेम्वानमा भन्ने ठाउँमा खान खान बस रोकेको, त्यसपछि बस सिँधै कम्पनीको होस्टेलमा पुगेपछि बसबाट झर्ने क्रममा उनी नभेटिएको दूतावासले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.