महाकाली नदीमा गाडी गुड्ने पुल निर्माण सम्झौता पत्रमा हस्ताक्षर

महाकाली नदीमा गाडी गुड्ने पुल निर्माण सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा महाकाली नदीमा गाडी गुड्ने पुल निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने उक्त पुल निर्माणका लागि भारत र नेपालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवको उपस्थितिमा गरिएको सम्झौता पत्रमा नेपालको सुदुरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटिलाई सुदृढ बनाउन, दुवै तर्फको सीमा समुदायका जनताबीचको सम्पर्कलाई थप मजबुत बनाउने उल्लेख छ ।

परियोजना वाणिज्य, सांस्कृतिक तथा जनता–जनताबीचको सम्बन्धलाई सुव्यवस्थित बनाउन दुई देशका सरकारले प्राथमिकताका साथ अघि सारेको सीमापार कनेक्टिभिटि अनुरुप रहेको विश्वास लिएको छ । पुलको निर्माण कार्य छिटै सुरु गर्ने योजना रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस्तो विज्ञप्ती…
भारतीय राजदूतावास
काठमाडौं

प्रेस विज्ञप्ति
महाकाली नदीमा गाडी गुड्ने पुल निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर
१.भारत सरकारको अनुदान सहयोगमा महाकाली नदीमा भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने गाडी गुड्ने पुलको निर्माणका लागि भारत र नेपालबीच एक सम्झौता पत्रमा हस्ताक्षर भयो ।
२.नेपालका लागि भारतीय राजदूत महामहिम श्री विनय मोहन क्वात्रा र नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव श्री रविन्द्रनाथ श्रेष्ठले माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रीमती रेणु कुमारी यादवको उपस्थितिमा सो सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
३.यस परियोजनाले नेपालको सुदुरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटिलाई सुदृढ बनाउनुका साथै दुवै तर्फको सीमा समुदायबीच रहेको जनता–जनताबीचको सम्पर्कलाई थप मजबुत बनाउनेछ । यो परियोजना वाणिज्य, सांस्कृतिक तथा जनता–जनताबीचको सम्बन्धलाई सुव्यवस्थित बनाउन दुई देशका सरकारले प्राथमिकताका साथ अघि सारेको सीमापार कनेक्टिभिटि अनुरुप रहेको छ ।
४. उक्त पुलको निर्माण चाँडै सुरु गर्ने योजना रहेको छ ।

काठमाडौं, नेपाल
२०७८ माघ १८ गते

 


Thali Mobile Pvt.Ltd.