काठमाडौं । हङकङमा चलिरहेको चारदेशीय महिला टी–२० आई क्रिकेटमा नेपाल पराजित भएको छ ।
तान्जानियासित २७ रनले पराजित नेपाल जितका लागि ११६ रनको लक्ष्य पछ्याएको थियो ।
नेपाल १६.५ ओभरमा ८८ रनमा अल आउट भएको हो ।
नेपालका लागि सीता राना मगरले ४३ र कप्तान इन्दु बर्माले १५ रन बनाउनु बाहेक अरुले दोहोरो अंकको रन नै जोड्न नसकेको प्रशिक्षकले बताएका छन् ।
