काठमाडौं । सहकर्मी महिला प्रहरीलाई कार्यालयभित्रै यौन दुर्व्यवहार गरेको आरोपमा कारबाही सिफारिस भएका एसएसपी योगबहादुर पालले राजीनामा दिएका छन् । छानबिन समितिको प्रतिवेदनका आधारमा प्रहरी प्रधान कार्यालयले उनलाई कारबाही प्रक्रिया अघि बढाएपछि राजीनामा दिएका हुन् ।
पालको राजीनामा स्वीकृतिका लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालय पठाएको छ । निलम्बन फुकुवा गरी राजीनामा स्वीकृत गर्न लागिएको स्रोतको दावी छ । तर, यौन दुर्व्यवहारमा कानुनी कारबाहीबाट भने उनले उन्मुक्ति पाएका छन् । प्रहरी प्रदेश कार्यालय कञ्चनपुरको प्रमुखका रूपमा कार्यरत रहँदा उनले गत जेठमा महिला कर्मचारीलाई दुव्र्यवहार गरेका थिए ।
बिदामा घर जान लागेकी कर्मचारीलाई उनले ‘तिमी मलाई मन पर्यो, आज गुड फ्राइडे मनाउनुपर्छ’ भन्दै आफूसँगै बस्न प्रस्ताव गरेको छानबिनमा खुलेको छ । महिला प्रहरीले सुदूरपश्चिम प्रदेश कार्यालयमा उजुरी दिएपछि छानबिन सुरु भएको थियो । सोही दिन उनलाई जिम्मेवारीबाट हटाइएकोमा प्रारम्भिक छानबिनपछि गृह मन्त्रालयले निलम्बन गरेको थियो ।
डिआइजी सुरेन्द्र मैनालीको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेर स्थलगत अध्ययन गरेपछि उनले महिला हवल्दारलाई दुव्र्यवहार गरेको पुष्टि भएको थियो । समितिको निष्कर्षपछि पाँच ग्रेड घटुवाको कारबाही गर्न लागेपछि राजीनामा दिएर उनले संगठनबाट बाहिरिने प्रस्ताव गरे ।
सोहीअनुसार उनको निलम्बन फुकुवा गरेर राजीनामाको अवसर दिइएको प्रहरी स्रोतले बतायो । पालले अन्य महिला प्रहरीलाई पनि त्यसैगरी दुर्व्यवहार गरेको खुलेको थियो । विगतमा पनि यौन दुर्व्यवहारका घटनामा एसएसपी पाल मुछिँदै आएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
महोत्तरी । सशस्त्र प्रहरीले स्रोत नखुलेको आठ लाखबढी रकमसहित दुई जनालाई पक्राउ गरेको छ । भारतबाट मोटरसाइकलमा नेपाल आउँदै गरेका सम्सी गाउँपालिका ३ बस्ने २८ वर्षीय रमेशकुमार साह र...
धनकुटा । एक पुरुषले श्रीमती र छोराको हत्या गरी आफै आत्महत्या गरेका छन् । ३५ वर्षीय टिकाराम गुरुङले बुधबार राति श्रीमती ३६ वर्षीया भीमा र छोरा १० वर्षीय आयुष...
भक्तपुर । हाम फालेर एक जनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका वडा नं. १ भार्वाचोक स्थित ४४ वर्षीय ज्ञानकाजी मानन्धरले आफ्नै घरको तेस्रो तल्लाबाट हाम फालेको प्रहरीले जनाएको...
कैलाली । मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । भीमदत्त राजमार्गअन्तरगत गोदावरी नगरपालिका–४ मा से १ ख १४३८ नम्बरको मिनी...