सफ्टवेयर कम्पनी माइक्रोसफ्टको सर्भरमा समस्या आउँदा विश्वभरका कैयौँ बैंक, मीडिया समूह र एअरलाइन्स प्रभावित भएका छन् । माइक्रोसफ्टको सर्भरमा समस्या आएसँगै विश्वभरका कैयौँ बैंक, एअरलाइन्स र दूरसञ्चार सेवाका कामकाज अचानक ठप्प भएका बीबीसीले जनाएको छ । केही टीभी र प्रसारण कम्पनीको सेवा पनि रोकिएको छ । माइक्रोसफ्टले भने समस्या समाधानका लागि पहल भइरहेको जनाएको खबरमा उल्लेख छ ।
सूचना प्रणाली ठप्प हुँदा सिड्नी एअरपोर्ट र युनाइटेड एअरलाइन्सको विमान सञ्चालन हुन सकेको छैन । यस्तै अमेरिकाको युनाइटेड, डेल्टा र अमेरिकन एअरलाइन्सले विश्वभरमा आफ्नो उडान रोकेको छ । यसैगरी बेलायतका ट्रेन कम्पनी, बर्लिन एअरपोर्ट, स्पेनको एअरपोर्र्टमा पनि समस्या आइरहेको बीबीसीको खबरमा उल्लेख छ । यस्तै बेलायतको स्काई न्युज च्यानल अफ एअर भएको छ । एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
गाजा, एजेन्सी, २७ असार। इजरायली आक्रमण सुरु भएदेखि गाजा पट्टीमा ज्यान गुमाउने पत्रकारको संख्या २२९ पुगेको छ। पछिल्लो पटक प्यालेस्टाइन टुडे समाचार एजेन्सीका सम्पादक तथा फोटोग्राफर अहमद सलामा अबु...
एजेन्सी, २५ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीच पछिल्लो २४ घण्टामा दोस्रो पटक ह्वाइट हाउसमा भेटवार्ता भएको छ। मंगलबार साँझ करीब एक घण्टाभन्दा बढी...
वासिङ्टन डीसी, २४ असार । अमेरिकाको टेक्सास राज्यस्थित ग्वाडालुप नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १०० भन्दा बढीको मृत्यु भएको छ भने ३० भन्दा बढी अझै बेपत्ता छन्। शुक्रबार...
वाशिङ्टन, असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच आज वाशिङ्टनमा भेटवार्ता हुँदैछ। यो भेट गाजा क्षेत्रमा करिब २१ महिनादेखि जारी द्वन्द्व अन्त्यतर्फ आशाको किरणको रूपमा...