भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरू सुरक्षित छन्ः परराष्ट्र मन्त्रालय

बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरू सुरक्षित छन्ः परराष्ट्र मन्त्रालय

काठमाडौं । सरकारले बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरू अहिलेसम्म सुरक्षित रहेको बताएको छ।शुक्रबार विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले नेपाली विद्यार्थीहरू अहिलेसम्म सुरक्षित रहेको र उनीहरूको सहजताका लागि थप प्रयास भइरहेको जनाएको छ।

‘बंगलादेशमा विकसित पछिल्लो घटनाक्रममा सन्दर्भमा त्यहाँ अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘हालसम्म सम्बन्धित विश्वविद्यालय, कलेज तथा ढाकास्थित नेपाली राजदूतावास समेतको सहयोग र समन्वयमा नेपाली विद्यार्थीहरू सुरक्षित रहेको तथा उहाँहरूको थप सहजताका लागि निरन्तर प्रयत्न भइरहेको छ।’

तत्कालै थप सहयोगको आवश्यकता परे राजदूतावासमा सम्पर्क गर्न पनि मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले द्वितीय सचिव योजना बम्जन, ं८८०१८८०६९१०१३ मा र रिया क्षेत्रीलाई ं८८०१७४५४०७९५८ नम्बरमा सम्पर्क गर्न पनि आग्रह गरेको छ।

बंगलादेशमा विद्यार्थीहरूले सरकारी जागिरको आरक्षणमा गरिएको विशेष व्यवस्थाविरूद्ध आन्दोलन गरिरहेका छन्।

 


Thali Mobile Pvt.Ltd.