काठमाडौं । अग्रपंक्तिमा काम गर्ने तथा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको तेस्रो डोज खोप माघको पहिलो साताबाट दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अग्रपंक्तीमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा माघको दोस्रो हप्ताबाट रोग प्रतिरोधात्मक क्षमतामा कम भएका र ६० वर्षमाथिका सबैलाई थप एक डोज खोप लगाइने मन्त्रालयले जनाएको हो ।
१२ देखि १७ वर्ष उमेर समूहमा खोप लगाउने अभियान भने अझै सुरु हुन सकेको छैन् । गम्भीर प्रकृतिका रोग भएका बिरामी र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई अतिरिक्त मात्रा खोप एक दिन थालिएकोमा एक दिन लगाएर स्थगित गरिएको थियो ।
