भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

मुखेढुङ्गा पानीको दहमा पौडी खेल्ने क्रममा डुबेर शिक्षकको ज्यान गयो

मुखेढुङ्गा पानीको दहमा पौडी खेल्ने क्रममा डुबेर शिक्षकको ज्यान गयो

काठमाण्डौ । अरुणखोलामा पौडी खेल्ने क्रममा डुबेर एक शिक्षकको ज्यान गएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यबिन्दु नगरपालिका–१४ बतासामा रहेको अरुणखोला डुवेर एक जना शिक्षकको मृत्यु भएको हो । मृतक कृष्ण सुवेदी मध्यबिन्दु नगरपालिका–१० मा रहेको जनता माध्यमिक विद्यालयमा पढाउनुहुन्थ्यो ।

सुवेदीसहित स्कुलका सातजना शिक्षक पौडी खेल्न खोलामा गएको बेला उहाँको डुबेर ज्यान गएको हो । मुखेढुङ्गा पानीको दहमा पौडी खेल्ने क्रममा डुबेर देवचुली नगरपालिका–१५ प्रगतीनगर घर भएका ३० वर्षीय कृष्ण सुवेदीको ज्यान गएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.