भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

मुगु हत्याकाण्डका शंकास्पद एक जना प्रहरी नियन्त्रणमा

मुगु हत्याकाण्डका शंकास्पद एक जना प्रहरी नियन्त्रणमा

मुगु । सामूहिक हत्या काण्ड मुगुमा एक शंकाशपदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छाँयानाथ रारा नगरपालिका– ६ स्थित मुन्दुगाउँमा तीन सन्तानसहित आमाको हत्या गरेको शंकामा एक जनालाई नियन्त्रण लिएको हो ।

उक्त घटनामा आइतबार प्रहरीले शंकास्पद एक जनालाई नियत्रणमा लिएर थप अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले कुकुरसहित अनुसन्धानमा परिचालित प्रहरी टोली अहिले घटनास्थल वरपरको अनुसन्धान सुक्ष्मरुपमा गरिरहेको बताए ।

प्रहरी हत्याराको नजिक नजिक पुगेको छ । थापाले भने, ‘शंकास्पद र अनुसन्धानले नजिक पुर्याएको एक जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ, यकिन र विस्तृत विवरण संकलन पछि घटनाबारे थपकुरा सार्वजनिक गछौँ ।’ प्रहरीले हत्या प्रकरणमा महत्वपूर्ण प्रमाण फेला पारिसकेको जनाएको छ ।

अनुसन्धान जारी राखेकाले हत्यारा पत्ता लगाउन नेपाल प्रहरीको विशेष अनुसन्धान टोली अझै सुक्ष्म तरिकामा छ । कर्णाली प्रदेश प्रहरी प्रमुख भीम ढकाल समेत मुगु पुगेका छन् । अनुसन्धानलाई थप मजवुत गर्न ढकाल मुगु पुगेका हुन् ।

शुक्रबार मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाको छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै हत्या गरिएको अवस्थामा फेला परेको थियो ।

 


Thali Mobile Pvt.Ltd.