भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

मुलुकको आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशतमा खुम्चने विभागको प्रक्षेपण

मुलुकको आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशतमा खुम्चने विभागको प्रक्षेपण

काठमाडौं । चालू आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशतमा खुम्चने राष्ट्रिय तथ्यांक विभागले प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्ष २०७९ र ०८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम हुने मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विभागले प्रक्षेपण गरेको हो । गत आर्थिक वर्ष २०७८ र ०७९मा ५.२६ हुने संशोधित प्रक्षेपण रहेको थियो । उपभोक्ता मूल्यमा १.८६ प्रतिशत आर्थिक वृद्धि रहने कार्यालयले अनुमान छ ।

तथ्यांक कार्यालयले चालू आर्थिक वर्ष २०७९ र ०८० मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभूत मूल्यमा २.१६ प्रतिशत हुने प्रारभिक अनुमान रहेको जनाएको छ । नेपालको अर्थतन्त्रको आकार चालू आर्थिक वर्ष २०७९ र ०८० मा ५३ खर्ब ८१ अर्ब पुग्ने अनुमान कार्यालयको रहेको छ ।

सरकारले चालू आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य भएपनि ५.८४ प्रतिशतले लक्ष्य पूरा नभई २.१६ प्रतिशतमा नै सिमित हुने तथ्यांक कार्यालयले अनुमान गरेको छ । चालू आर्थिक वर्षमा सेवा क्षेत्रले जीडीपीमा ६२.४ प्रतिशत, कृषि क्षेत्रको २४.६ प्रतिशत र उद्योग क्षेत्रको ५.३२ प्रतिशत योगदान गर्ने अनुमान गरेको छ । चालू आर्थिक वर्षमा चालु मूल्य अनुसार कुल उत्पादन आधारभूत मूल्यमा ८० खर्ब ९० अर्ब ६७ करोड रहने अनुमान रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.