भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मेयर बालेन शाहको नयाँ प्रस्तावले काठमाडौं महानगरका बासिन्दा खु:शी

मेयर बालेन शाहको नयाँ प्रस्तावले काठमाडौं महानगरका बासिन्दा खु:शी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह तीव्र गतिमा काठमाडौं उपत्यकालाई विकास गर्न अघि बढेका छन् । काठमाडौं उपत्यकामा पार्किङको व्यवस्थालाई चुस्तदुरुस्त बनाउने अभियान सञ्चालन गरेसंगै उनले काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा एमडिजिपी डाक्टर र नर्स राख्ने प्रस्ताव नगर कार्यपालिकाको आइतबार बसेको बैठकमा अघि सारेका छन् ।

काठमाडौं महानगरपालिकाको वडामा हुने विकास निर्माणसम्बन्धी कामको अनुगमनका लागि ३२ वटै इन्जिनियर राख्ने प्रस्ताव समेत मेयर साहले राखेका छन्। उनले फुटपाथ तथा पार्किङ व्यवस्थापनका गर्न खटिएका नगर प्रहरीलाई प्रोत्साहन भत्ता वितरण र करारका कर्मचारीको समय थप लगायतका विषय बैठकमा पेश गरेका थिए ।

बैठकमा उनले ३२ वटै वडामा वडा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडिजिपी डाक्टर र ३२ जना नर्स करारमा राख्ने प्रस्ताव गरेका छन् । मेयर बालेनले वडा क्लिनिकमा एमबिबिएस गरेको डाक्टरभन्दा जनरल फिजिसियन डाक्टर राख्न सके स्वास्थ्यसम्बन्धी सरसल्लाह लिन, उपचार गर्न र कुनै समस्याको तत्काल उपचार गर्न सजिलो हुने प्रस्ताव गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.