भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

मेलम्ची खानेपानी आयोजना आजदेखि बन्द हुने

मेलम्ची खानेपानी आयोजना आजदेखि बन्द हुने

काठमाण्डौ । मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्ने निर्णय गरेको छ । मेलम्ची नदीको बहाव बढेर बाढी आएर धमिलिन थालेपछि आयोजना बन्द गर्न लागिएको समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए । बाढी आएसँगै पानी धमिलिन थालेकाले आयोजनाको संरचनालाई सुरक्षित गर्न आजैदेखि बन्द गर्न लागिएको उनले बताए । उनका अनुसार अब वर्षा कम भएपछि मात्रै आयोजना पुनः सञ्चालन हुने छ ।

गएको जेठ ३१ गते मेलम्ची खानेपानी आयोजना बन्द गर्ने तयारी थियो तर ठूलो वर्षा नभएकाले आजसम्म सञ्चालन गरिएको हो । समितिका कार्यकारी निर्देशक लामिछानेका अनुसार परामर्शदाता तथा एशियाली विकास बैंकले मनसुनी जोखिमबाट आयोजनालाई जोगाउन मेलम्ची बन्द गर्न सुझाव दिइरहेको छ । अब मनसुन सकिएपछि मात्रै उपत्यकावासीले फेरि मेलम्चीको पानी पाउनेछन् ।औसत समयअनुसार नेपालबाट अक्टोबर २ तारिखमा मनसुन बाहिरिन्छ । मनसुनजन्य विपत्तिबाट आयोजनाको हेडवक्र्समा हुन सक्ने क्षति रोक्न वर्षायाममा आयोजना बन्द गरिँदै आएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.