चाँगुनारायण नगरपालिकाको बजेट रु २ अर्व ८ करोड १८ लाख ९३ हजार ५ सय

चाँगुनारायण नगरपालिकाको बजेट रु २ अर्व ८ करोड १८ लाख ९३ हजार ५ सय

भक्तपुर । चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्षका लागि कूल बजेट रु २ अर्व ८ करोड १८ लाख ९३ हजार ५ सय वियोजना गरेको छ । सोमबार सार्वजनिक बजेट मध्ये पूँजीगत खर्च शीर्षकमा रु १ अर्व १२ करोड १ लाख ८० हजार विनियोजित बजेटको ५३.८१ प्रतिशत र चालू खर्चतर्फ रु ९६ करोड १७ लाख १३ हजार ५ सय मात्र विनियोजित बजेटको ४६.१९ प्रतिशत रहेको छ ।

श्रोतको सुनिश्चितता भएमा मात्र बजेटले अपेक्षा गरेका उपलब्धीहरु हासिल गर्न र नगरबासीहरुलाई सेवा सुविधा उपलब्ध गराउन सकिने भएकाले लक्ष्य अनुसारको राजस्व संकलन हुन गर्न सके मात्रै बजेटको सार्थकता हुने देखिन्छ ।चाँगुनारायण नगरपालिकाको बजेट रु २ अर्व ८ करोड १८ लाख ९३ हजार ५ सय

नगरपालिकाको आन्तरिक आयको प्रमुख श्रोतका रुपमा रहेको सिफारिस दस्तूर, व्यवसाय रजिष्ट्रेशन शूल्क, पानी ठेक्का, घर–नक्सा पास दस्तूरसहितको आ.व २०८१ र ८२ को लागि कूल रु ३२ करोड ५५ लाख २० हजार प्रक्षेपित आन्तरिक आग अनुमान गरिएको छ ।

वित्तीय समानीकरण अनुदानतर्फ संघीय सरकारबाट रु १६ करोड ७६ लाख, राजश्व वाउँफाडबाट रु ११ करोड २३ लाख तथा सशर्त (चालू) कार्यक्रममार्फत् रु ३६ करोड ८१ लाख ५३ हजार र संरार्त पूँजीगततर्फ रु ६ करोड १७ लाख प्राप्त भएको नगरपालिकाले जनाएको छ। समपुरक अनुदानमार्फत् संघीय सरकारबाट रु १ करोड ५० लाख र विशेष अनुदानमार्फत् रु ४ करोड ५० लाख प्राप्त भएको नागरपालिकाले जनाएको छ।

बागमती प्रदेश सरकारबाट वित्तीय समानीकरण मार्फत् रु। १ करोड ७२ लाख ४८ हजार र सशर्त (चालू) कार्यक्रममार्फत् रु २ करोड ३२ लाख ८५ हजार प्राप्त भएको र समपुरक अनुदानमार्फत् प्रदेश सरकारबाट रु ३ करोड र विशेष अनुदानमार्फत् रु ७० लाख प्राप्त भएको उल्लेख गरिएको छ।

सवारी साधनको राजस्व बाँडफाँटबाट रु ८ करोड १३ लाख ३४ हजार र घर–जग्गा रजिष्ट्रेशनबाट रु ६० करोड गरी कूल जम्मा रु ६८ करोड १३ लाख ३४ हजार प्राप्त हुने अनुमान गरेको गरिएको छ । नगरपालिका संचित कोषमा मौज्दात रकम रु २१ करोड ४४ लाख ९२ हजार २ सय अनुमान गरेको छ ।

आर्थिक विकास क्षेत्र तर्फ ११ करोड ५० लाख १५ हजार विनियोजन भएको छ । बेरोजगार यूवाहरुलाई लक्षित गरी सञ्चालनमा ल्याइएको मेयर उद्यमशिलता विकास कार्यक्रमलाई संशोधन गरि निरन्तरता दिन रु ३ करोड विनियोजन गरिएको छ। यसबाट थप यूवाहरुलाई उद्यम विकासमा प्रोत्साहन एवं समावेश गर्ने लक्ष्य नगरपालिकाले लिएको छ ।

कृषिमा आधारित रोजगार प्रबर्द्धन गरी कृषि पेशालाई सम्मानजनक बनाउन तथा आधुनिकीकरण एवं व्यवसायीकरणका लागि कूल रु १ करोड ५४ लाख ७३ हजार विनियोजन गरेको छ । उद्यमीहरुलाई प्रोत्साहनका लागि घरेलु एवं स्थानीय उत्पादनको प्रबर्द्धन र बजारीकरणलाई प्राथमिकतामा राखिने बजेटमा उल्लेख छ ।

प्याकेजिङ्ग, लेबलिङ्ग लगायतका अन्य प्रोत्साहन कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरेको जनाएको छ । पशु विकासका लागि पशु स्वास्थ्य आहारा, नश्ल सुधार, सामुदायिक सेवा कार्यक्रम, फर्म तथा व्यवसाट सुदृढीकरण तथा पशु जाँच प्रयोगशाला स्थापनाका लागि रु १ करोड ५८ लाख ९२ हजार बजेट व्यवस्था गरेको छ । 

सामाजिक विकास क्षेत्र तर्फ ७३ करोड ५५ लाख ८० हजार ५ सय विनियोजन गरेको छ । खानेपानी तथा सरसफाइ तर्फ १० करोड ९८ लाख १० हजार विनियोजन गरेको छ । नगरभित्रका बालबालिकाहरुको शिक्षामा गुणस्तरीयता कायम गर्दै बचत खाता छोरीको, सुरक्षा जीवनभरीको कार्यक्रमका साथै प्राविधिक शिक्षालाई प्रबर्द्धन, शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षातर्फ रु १० करोड ९८ लाख विनियोजन गरेको जनाएको छ ।

पूर्वाधार विकास क्षेत्र तर्फ ८८ करोड ८५ लाख ५० हजार विनियोजन गरेको छ । यातायात पूर्वाधार तर्फ ६६ करोड ११ लाख, भवन आवास तथा सहरी विकास तर्फ ७ करोड ४१ लाख, सम्पदा पूर्वाधार तर्फ ६ करोड ७५ लाख र उर्जा क्षेत्र तर्फ २ करोड ८८ लाख विनियोजन गरेको छ । उज्यालो चाँगुनारायण निर्माणका लागि नगरभित्रका विभिन्न सडकमा विद्युतको व्यवस्था, बन्द रहेका सडक वत्तिहरु सञ्चालन तथा अव्यवस्थित बिजुली पोल तार व्यवस्थापनका लागि बजेट विनियोजन गरेको छ ।

सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ ३ करोड ३८ लाख ८९ हजार विनियोजन गरेको छ । बाँध निर्माण, आगलागी, बाढी, पहिरोलगायत आकस्मिक रुपमा आइपर्ने जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि विपद् व्यवस्थापन कोषमा रु ३ करोड विनियोजन गरेको छ ।

नगरकोट भ्रमण वर्ष २०८२ तयारीका लागि रु १ करोड २५ लाख विनियोजन गरेको छ । प्रशासनिक तथा कार्यालय सञ्चालन तर्फ रु ३० करोड ८८ लाख ५९ हजार विनियोजन गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.