भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

मोबाइलबाटै आफ्नो मतदाता नामावली दर्ता आजदेखि सुरु

मोबाइलबाटै आफ्नो मतदाता नामावली दर्ता आजदेखि सुरु

काठमाडौँ । मङ्गलबारदेखि ७७ वटै जिल्लामा अनलाइन मतदाता नामावली दर्ता सुरु हुने भएको छ । सोमबारदेखि सुरु हुुने भने पनि सोमबार राष्ट्रिय शोक परेकाले मंगलबारदेनि सुरु हुने भएको हो । मतदाता नामावलीको अनलाइन प्रारम्भिक दर्ता निर्वाचन आयोगले माघ २ गते सोमबारदेखि नै सुरु हुने भने पनि सोमबार राष्ट्रिय शोक बिदा परेकाले मंगलबारबाट हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रारम्भिक दर्ता भएपछि आयोगले पालो आउने दिनसहितको विवरण मोबाइलमा पठाउने जनाइएको छ । त्यसपछि नामावली दर्ता गराउने व्यक्तिले बायोमेट्रिकका लागि सम्बन्धित निर्वाचन कार्यालयमा पुग्नुपर्ने निर्वाचन आयोगले तय गरेको छ ।
प्रारम्भिक दर्तासँगै नामावली स्थानान्तरण, मतदाता नामावली अद्यावधिक गर्ने कार्यसमेत सँगै सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

यसअघि बायोमेट्रिक भोटर्स रजिस्ट्रेसन सिस्टम (बीभीआईआर)मार्फत नामावली दर्ता हुँदै आएकोमा उक्त प्रणालीलाई स्तरोन्नति गरेर मोबाइलबाटै आफ्नो विवरण राख्न मिल्नेगरी प्रारम्भिक दर्ता सुरु हुन लागेको निर्वाचन आयोगले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.