काठमाण्डौ । मौसम पूर्ण रुपमा खुल्न समय लाग्ने भएको छ । काठमाण्डौसहित देशका धेरै ठाउँको न्यूनतम तापक्रम घट्न थालेको छ भने मौसम पूर्ण रुपमा सफा हुन अझै केही दिन लाग्ने मौसमविद्ले जनाएका हुन । रातको समयमा आकाश सफा हुन थालेसँगै चिसो झन् बढेको र दिउँसोको समयमा केही न्यानो भए पनि बिहान बेलुका चिसो छ ।
काठमाण्डौको बिहानको न्यूनतम तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । हिजोको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री सेल्सियस थियो । आइतबार पहाडी जिल्लाको मौसम आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद्ले बताए । तराईका जिल्लामा भने बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । यस्तै, उच्च पहाडी तथा हिमाली जिल्लामा हल्का हिमपात हुने जनाइएको छ ।
