काठमाडौं । नेकपा सचिवालय बैठकमा उपस्थित नहुने अध्यक्ष केपी ओलीले बताएका छन् । ओलीले बैठकमा उपस्थित नहुने भनेपछि अध्यक्ष प्रचण्डलगायतका नेताहरू तनावमा छन् ।
बैठकमा प्रचण्डको प्रस्ताव बहुमतले स्वीकृत हुने र ओलीको प्रस्ताव बहुमतले अस्वीकृत हुने भएकाले ओली डराएर उपस्थित हुन नखोजेको प्रचण्ड निकट नेताले बताए । प्रधानमन्त्री केपी ओलीमाथि पार्टीभित्रैबाट राजनीतिक र नैतिक संकट आइलागेको ती नेताको भनाई छ ।
