भर्खरै : Sorry, your browser does not support inline SVG.
अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग | नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह | पालिकाहरूमा नीति कार्यक्रम र बजेट तर्जुमाको लागि स्थलगत सहजीकरण टोली गठन | जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको मृत्यु | डेङ्गीको सङ्क्रमणदर घटाउन ‘सफा शुक्रबार’ कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी | ५ वर्षपछि खिम्ती–१ जलविद्युत् सेयर हस्तान्तरण प्रक्रिया अघि बढ्ने संकेत | वर्षा, बाढी र पहिरोले देशभरका राजमार्ग प्रभावित, केही सडक पूर्ण बन्द |

यातायातका साधन बन्द गरेरै सडक निर्माण

यातायातका साधन बन्द गरेरै सडक निर्माण

म्याग्दी । फागुन १ देखि १५ गतेसम्म म्याग्दीको बेनी–गलेश्वर सडकखण्ड दैनिक साढे ६ घण्टा बन्द हुने जनाइएको छ ।
स्तरोन्नतिको कामलाई गति दिनका लागि जिल्ला प्रशासन कार्यालय म्याग्दीमा शुक्रबार बसेको बैठकले बेनी–गलेश्वर खण्डमा सवारी चल्ने बन्द हुने जनाएको हो ।

फागुन १ देखि १५ गतेसम्म बिहान ६–८, दिउँसो ११ः३० देखि १ः३० र राति ८ः३० देखि ११ बजेसम्म सडक स्तरोन्नतिका लागि यातायात आवतजावत बन्द गरिने उल्लेख गरिएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले दुई किलोमिटर १०२ मिटर दूरीको बेनी–गलेश्वर सडक विस्तार र कालोपत्र गर्न जय धन्नजय–मंगलादेवी–सुवास जेभीसँग १२ करोड २५ लाख ९४ हजार ४ सय ३६ रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

सम्झौता लगत्तै सडक फराकिलो बनाउन पहाड काट्ने र डिलतर्फ पर्खाल बनाउने कामलाई तीब्रता दिएको निर्माण कम्पनीले जनाएको छ । एम्बुलेन्स लगायत अत्यावश्यक सवारी साधनलाई सहज आवतजावत र साना सवारी डल्लेपिपल–राहुवडा–गलेश्वर वैकल्पिक मार्गको व्यवस्था मिलाउने भएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.