यी दलहरुले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिदै

यी दलहरुले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिंदैछन् । दिउँसो १ बजे बस्ने बैठकमा विश्वासको मत लिन लागेका हुन् ।गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिदा संसद बैठकमा उपस्थित २७० सांसदहरुमध्ये प्रचण्डले २६८ मत पाएका थिए ।

सत्ता गठबन्धनका एमाले, राप्रपासहित प्रतिपक्षमा रहेको कांग्रेसले समेत प्रचण्डलाई विश्वासको मत दिएका थिए । सत्ता समीकरण फेरिएसँगै एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि प्रचण्डले पुनः विश्वासको मत लिन लागेका हुन् । समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

त्यसैले विश्वासको मत लिन अब प्रचण्डले कम्तिमा १३८ मत पाउनुपर्छ । नेकपा एमाले, राप्रपा, नेमकिपा र एक जना स्वतन्त्र सांसद योगेन्द्र मण्डल विश्वासको मतको विपक्षमा रहे पनि अहिलेको सत्ता समीकरणमा प्रचण्डले विश्वासको मत पाउने निश्चित छ ।

कांग्रेसका ८९ मध्ये ८६ मत (रामचन्द्र राष्ट्रपति, चन्द्र भण्डारी उपचारका लागि भारत, टेकबहादुर गुरुङमा निलम्बन), माओवादी केन्द्रका ३२ मध्ये ३१ मत (वर्षमान उपचारका लागि चीन), जनता समाजवादी पार्टीका १२ मध्ये १० मत (रामसहाय यादव उपराष्ट्रपति, शहनाज रहमानको निधन), राष्ट्रिय स्वतन्त्र पार्टीका २० मध्ये १९ मत (रवि लामिछाने पद मुक्त),

एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६,
लोसपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४, राष्ट्रिय जनमोर्चा १, स्वतन्त्र सांसद प्रभु साह र अमरेश सिंह २को गरी विश्वासको मत पाउने करिब निश्चित देखिन्छ ।

 


Thali Mobile Pvt.Ltd.