भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

युरोपमा नेपाल चिनाउने कार्यक्रम

युरोपमा नेपाल चिनाउने कार्यक्रम

बार्सिलोना । स्पेनमा रहेका नेपालीहरुले आइतबार पर्यटकीय सहर बार्सिलोनामा मिनी नेपालको झल्को दिएका छन् । विश्व प्रसिद्ध रोमन क्याथोलिक गिर्जाघर अगाडि विभिन्न भेषभूषामा सजिएका उनीहरुको नृत्यले विदेशीहरुको ध्यान केन्द्रित गरेका छन् ।

१४१ वर्षअघि शिलान्यास भएर पनि अझै बनिरहेको ‘सग्रादा फैमिलिया’ नामको चर्च हेर्न बर्षेनी लाखौं पर्यटकहरुको भीड लाग्ने गर्छ । भूमिगत रेलमार्ग हुँदै चर्च पुगेका पर्यटकहरु आइतबार नेपाली गीत संगीतमा रमाएका थिए । बार्सिलोना नगरपालिकाको सामुदायिक विकास योजना (प्ला कमुन्तारी) साग्रदा फैमिलियाको अन्तर साँस्कृतिक कार्यक्रम नेपाली जनप्रगतिशिल मञ्च स्पेनको पहलमा सम्पन्न भएको हो ।

ठूलो संख्यामा विदेशीहरुले कार्यक्रमको अवलोकन गरेको नेपाली जनप्रगतिशील मञ्च स्पेनका अध्यक्ष विशाल ढुंगानाले बताए । कलासंस्कृति मार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बेल्जियममा नेपाल फेस्टिबल कार्यक्रम सम्पन्न भएको छ ।

एनआरएनए बेल्जियमको आयोजना, नेपाली राजदूतावासको संयोजन तथा बेल्जियममा सक्रिय नेपाली सघंसस्थाको सहकार्यमा कार्यक्रम लुभेन सहरमा सम्पन्न भएको हो ।

 


Thali Mobile Pvt.Ltd.