योग स्टाइलमा प्रधानमन्त्री प्रचण्ड

योग स्टाइलमा प्रधानमन्त्री प्रचण्ड

भक्तपुर । राष्ट्रिय योग दिवस समारोहमा सहभागी भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मञ्चमै गुरुको साथमा योग गरेका छन् ।

को सानोठिमीमा आयोजित मूल समारोहमा सहभागी भएका प्रचण्डले नेपालमा राष्ट्रिय योग दिवसका अवसरमा शुभकामना पनि दिए ।

आज ‘स्वस्थ जीवनको चाहनाः योग, शिक्षा र साधना’ भन्ने नाराका साथ आठौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गरेको थियो ।

यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो ।

 


Thali Mobile Pvt.Ltd.