भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

रंगीदै कीर्तिपुर मैदान

रंगीदै कीर्तिपुर मैदान

काठमाडौं । वैशाख ५ गतेबाट सुरु हुने एसीसी प्रिमियर लिगका लागि नेपाल क्रिकेट संघले त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा मर्मत कार्य तीव्र रुपले अघि बढाएको छ ।

एकमात्र अन्तर्राष्ट्रिय भेन्यूका रुपमा प्रयोग हुँदै आएको मैदानबाहिरका अधिकांश पूर्वाधारलाई अन्तर्राष्ट्रियस्तरको बनाइँदै लगिने क्यानले जनाएको छ । यो प्रतियोगिताका खेलहरु कीर्तिपुर र मूलपानी मैदानमा खेलाउने क्यानले तयारी थालेको छ ।

दुवै मैदानको तयारी अन्तिम चरणमा पुगेको कोषाध्यक्ष रोशनकुमार सिंहले कैलाश खबरलाई बताए ।

त्रिविमा मैदानको स्तरोन्नत्तिकासाथै रंगशाला क्षेत्रमा सरसफाइ, तारजाली मर्मत, पर्खाल र गेट निर्माणदेखि सजावट तथा विभिन्न कक्षहरुको व्यवस्थापन कार्य गरिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.